Headlines News :
fb
Home » » मन्त्रीहरुको सम्पत्ति सिंहदरबारबाटै गायब

मन्त्रीहरुको सम्पत्ति सिंहदरबारबाटै गायब

२० जेठ, काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सिंहदरबारबाटै हराएको छ । २०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछि बनेको अन्तरिम मन्त्रिपरिषद्देखि प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सरकारले सार्वजनिक गर्ने र त्यसको अभिलेख प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राख्ने गरेको थियो । भ्रष्टाचार निवारण ऐन २०५९ मा मन्त्रिपरिषद्का सदस्यले आफ्नो सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

मन्त्रीहरुले सम्पत्ति विवरण बुझाए पनि त्यो सरकारी अभिलेखबाट भने गायब गरिएको छ । गिरिजाप्रसाद कोइरालादेखि झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषदसम्मका सबै सदस्इको सम्पत्ति विवरण सिंहदरबारबाटै गायब गरिएको हो । नयाँ सरकार गठन भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीले सम्पत्ति स्रोत खुलाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेस गर्नुपर्ने कानुन छ । पेस भएका सम्पत्ति विवरण बैठक शाखाले टाँचा लगाएर लकरमा राख्छ । तर पटकपटक शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाएका कांग्रेस, एमाले, एमाओवादीलगायतका दलका नेताले पेस गरेको सम्पत्ति विवरण अहिले उपलब्ध छैन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar