Headlines News :
fb
Home » » आँखाको डार्क सर्कल हटाउने उपाय पत्तो लाउन चाहनुहुन्छ ??

आँखाको डार्क सर्कल हटाउने उपाय पत्तो लाउन चाहनुहुन्छ ??

डा. राममणि भण्डारी / आयुर्वेद एवम् पञ्चकर्म चिकित्सक आँखाको बनावटले सौन्दर्यमा धरै प्रभाव पारेको हुन्छ । यदि तपाईंको आँखामुनि कालो दाग (डार्क सर्कल) आएको छ भने त यसले विभिन्न रोगको संकेत गरेको हुन्छ । साथै यसले अनुहारको आकृतिमा समेत नकारात्मक प्रभाव पुर्याएको हुन्छ । आँखाको मुनि चन्द्राकाररुपमा देखिने यस्तो डार्क सर्कलले गर्दा तपाईंलाई वास्तविक उमेरभन्दा अलि पाकोजस्तो देखिन्छ ।

 साथै तपाईंलाई थकित र निराश भएको बुझाउँछ । आँखामुनिको डार्क सर्कलले व्यक्तिको शारीरिक एवम् मानसिक स्वास्थ्य स्थितिको बोध पनि गराउँछ । यसरी शारीरिक रुपमै प्रभाव पार्ने डार्क सर्कल आउनुका विभिन्न कारण हुन्छन् ।

डार्क सर्कल कम गर्ने उपाय :-
आँखामुनिको डार्क सर्कललाई समयमै ख्याल राख्न नसके सौन्दर्यमा ठूलो समस्या निम्त्याउन सक्छ । यसका निम्ति बजारमा अनेकौं कस्मेटिक क्रिम उपलब्ध छन् तर खानपान र जीवनशैली सुधारविना त्यस्ता क्रिमले मात्रै समस्या समाधान हुन गाह्रो हुन्छ । त्यसैले यहाँ केही घरेलु उपायहरुबारे बताइन्छ ।

स्याउ : स्याउमा भिटामिन ‘बी’, ‘सी’का साथै पोटासियम, ट्यानिन आदि तत्त्व ज्यादा प्राप्त हुन्छ । यसले डार्क सर्कलमा फाइदा पुर्याउँछ । त्यसैले यसको पेस्ट बनाएर आँखामुनि लगाउन सकिन्छ । साथै स्याउको सेवन पनि त्यत्तिकै लाभदायक छ ।

काँक्रो : काँक्रो शीतल फलफूल मानिन्छ । त्यसकारण पनि काँक्रोको शीतल रस आँखाको तनावको लागि अत्यन्त लाभदायक हुन्छ ।

आलु : आलुमा रहेको स्टार्च तत्त्वको कारण पनि आलुलाई बोक्रा निकालेर पातला टुक्रा पारी आँखामा प्रयोग गर्न सकिन्छ ।

गुलाफ :अन्य उपचारभन्दा गुलाफको प्रयोग डार्क सर्कलको लागि उत्तम मानिन्छ ।गुलाफ जलले आँखाको रातोपना हटाई आखाँलाई ताजगी तुल्याउँछ ।
डार्क सर्कल आउनुको कारण :

उमेर : प्रायः आँखामुनिको छाला बढ्दो उमेरसँगै तुलनात्मकरुपमा पातलो र बढी पारदर्शी हुने भएकाले डार्क सर्कल देखिन्छ ।

एलर्जी र नाकको समस्या : विभिन्न एलर्जीको कारण दमरोगलगायतको समस्याले पनि आँखामुनि डार्क सर्कल उत्पन्न गर्छ । दमले गर्दा आँखामुनिका सूक्ष्म रक्तनलीहरु साँघुरा हुन्छन् र रक्तप्रवाहमा प्रभाव परी डार्क सर्कल आउन सक्छ । त्यस्तै नाकका प्वालहरु साना भएमा आँखाबाट नाकमा आउने रक्तनली बढी खुला हुने भएकाले गाढा देखिन थाल्छ र कालो दाग देखिन सक्छ ।

वंशाणु : वंशाणु गुणले पनि डार्क सर्कलमा महत्त्वपूर्ण भूमिका खेल्छ । अघिल्ला पुस्ताहरुमा भएका यस्ता गुण पछिल्ला पुस्तामा देखिन पनि सक्छ । त्यस्तै आँखामुनिको छाला पातलो भएमा रक्तनलीमा बगिरहेको रगत छालामा जस्तो देखिनाले कालो दाग उत्पन्न हुन्छ ।

निद्राको कमी :निद्रा नपुगेमा समेत आँखामुनि डार्क सर्कल बन्छ । थकानले पनि यसमा भूूमिका खेलेको हुन्छ । थकानले गर्दा आँखामुनिको छाला सुक्खा हुने र लचिलोपना पनि घट्ने भएकाले छालाबाट परावर्तित हुने प्रकाशको स्वरुप परिवर्तन भएर डार्क सर्कल देखिन्छ ।

पेट खराब भएमा : पेटसम्बन्धी समस्या भइरहने, पटक–पटक कब्जियतको समस्या हुने वा ग्यास भरिरहने व्यक्तिमा पनि आँखामुनि कालो सर्कल देखिन्छ ।

हर्मोन परिवर्तन : हर्मोनको परिवर्तनको कारण पनि डार्क सर्कल उत्पन्न हुन सक्छ । गर्भावस्था, रजोनिवृत्ति र परिवार नियोजन चक्कीको सेवन गर्दा महिलामा यस्तो समस्या देखिन सक्छ ।

सूर्यको किरण :ज्यादा घाम र सूर्यको किरणको प्रभावले आँखामुनिको छालामा पर्ने हाइपरपिग्मेन्टेसनको कारण कालो दाग बस्न सक्छ ।



घरेलु उपचार :

  • रातको समयमा पर्याप्त समय (लगभग ८ घन्टा) आराम गर्ने । राम्रो निद्राले शारीरिक एवम् मानसिक आराम प्रदान गर्छ । जुन कुराको छालालाई एलर्जी छ त्यसबाट टाढै रहने वा बच्नको लागि उपाय गर्ने ।
  • प्रशस्त पानी एवम् पौष्टिक तत्त्वयुक्त झोलिलो पदार्थ सेवन गर्ने ।
  • चुरोट, खैनी, बिँडी, लागूपदार्थ, रक्सी आदिको कुलत छ भने छोड्ने ।
  • काँक्रोलाई स–साना गोला टुक्रा बनाएर आँखा र यसको वरिपरि ढाक्ने । यो प्रक्रिया आँखा बन्द गरी आराम गरेर प्रत्येक दिन १५–२० मिनेटसम्म गर्न सकिन्छ ।
  • कपडामा आइस क्युब पोको पारेर सो पोकोले आँखा बन्द गरी केही समय ढाकेर राख्ने ।
  • काँचो आलुबाट रस निकाल्ने र सो रसलाई आँखाको वरिवरि दली आलुको पातलो टुक्राले आँखालाई ढाक्ने ।
  • आँखाको वरिपरि कस्मेटिक क्रिम प्रयोग गर्दा भिटामिन ‘सी’, ‘ई’ ‘के’ युक्त क्रिम  मात्र प्रयोग गर्ने ।
  • पुदिना र टमाटरको मिश्रित लेप बनाई आँखाको वरिपरि लगाउने ।
  • रातको समयमा बदामको तेल आँखाको वरिपरि दल्ने र रातभर राखेर बिहान सफा  पानीले पखाल्ने ।
  • गुलाफ जलमा कपास डुबाएर आँखा ढाक्ने गरी राख्नाले तत्काल डार्क सर्कललाई लाभ पुर्याउँछ ।
  • अण्डाको सेतो भाग भिटामिन ‘बी’युक्त भएकाले आँखाको मुनि लगाएर सुक्खा भएपछि पखाल्ने । यसले आँखामुनि रक्तसञ्चारमा सुधार गरी कालो दाग घटाउँछ ।
  • ताजा फलफूलको जुस प्रत्येक दिन पिउने ।
  • बाहिर घाममा निस्कँदा कालो सनग्लासको प्रयोगले छालामा हुने परिवर्तन रोक्छ ।
  • कागती, सुन्तलाको बोक्राको धूलो, टमाटर, बेसार आदिको मिश्रण बनाएर प्रभावित भागमा लगाउने र सुक्खा भएपछि पखाल्ने गर्नाले छालामा देखिने कालो दाग न्यून हुन्छ ।

र यो पनि पढ्नु होश >>>
आँखालाई सधै स्वास्थ्य राख्नको लागि यस्तो खानेकुरा खानुस
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar